album cover
Behuli
album cover
Behuli adlı parça {albumName} albümünün bir parçası olarak Sajjan Raj Vaidya tarafından 5 Temmuz 2025 tarihinde yayınlandıBehuli - EP
5 Temmuz 2025
FirmaSajjan Raj Vaidya
BPM80
Melodiklik
Akustiklik
Valence
Dans Edilebilirlik
Enerji

Şarkı sözleri

दौडी तिम्रै नगर, तैरी तिम्रै बगर
म आउँला है, माया, घरआँगन सजाई राख ल
आँखामा तिम्रै छ तस्विर, एकै छ बस मेरो कामना यो मनमा
लैजाऊँ तिमीलाई, माया, तिम्रै नाउँको भाका भाकेर, ooh
ए, ओखती चाहिन्छ कि, खै के हो, आयो मायाको ज्वरो कि के हो?
ती ज्यानमारा आँखाले हेर्दा (हेर्दा) मलाई फनक्क फन्केर (फनक्क)
मुसु-मुसुक्क हाँसेर तिम्रो मुहारले मुटु पो चोऱ्यो कि के हो
हे, मायाको आगो मनमा जागो दनदन दन्केर
हे, गाउँघर सबैलाई भन है
मेरो भइसको तिम्रो त्यो मन चाहिँ
अब पञ्चेमा बाजा घन्काउँदै
लिन आउँछु ल तिमीलाई
दौडी तिम्रै नगर, तैरी तिम्रै बगर
म आउँला है, माया, घरआँगन सजाई राख ल
आँखामा तिम्रै छ तस्विर, एकै छ बस मेरो कामना यो मनमा
लैजाऊँ तिमीलाई, माया, तिम्रै नाउँको भाका भाकेर, ooh
गाउँछन् मेरा भाका, दुई हीराझैँ तिम्रा ती आँखा
ओठ फेरि उस्तै, हेरे जिउज्यानै तिर्खाउने
हे, बयान गरेर साध्य नि छैन, हे, रेशमी झिलमिल केशको
तिम्रो त्यो बारुले कम्मरको मच्काइ झनै मुटुमै हिर्काउने
हेर बजार, मन यो पाइँदैन
अनि पैसाले माया कमाइँदैन
म त हतारिँदै आएँ बतासिँदै
हेर, तिमीलाई खोजेर
दौडी तिम्रै नगर, तैरी तिम्रै बगर
म आउँला है, माया, घरआँगन सजाई राख ल
आँखामा तिम्रै छ तस्विर, एकै छ बस मेरो कामना यो मनमा
लैजाऊँ तिमीलाई, माया, तिम्रै नाउँको भाका भाकेर, ooh
आउँदै छु, माया, चढ्दै-झर्दै डाँडाकाँडामा
सजाऊ है, माया, हर्षले तिम्रो घरआँगन
अब जन्ती बोलाई, मेरी बेहुली बनाई, तिम्रो सिउँदो सजाई
अब, हे माया, लगुँला तिमीलाई पञ्चेबाजा घनघन घन्काउँदै
आउँदै छु, माया, चढ्दै-झर्दै डाँडाकाँडामा
सजाऊ है, माया, हर्षले तिम्रो घरआँगन
अब जन्ती बोलाई, मेरी बेहुली बनाई, तिम्रो सिउँदो सजाई
अब, हे माया, लगुँला तिमीलाई पञ्चेबाजा घनघन घन्काउँदै
लगुँला तिमीलाई पञ्चे बाजा घन घन घन्काउँदै
Written by: Sajjan Raj Vaidya
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...