制作

作曲和作词
Tumbleweed Inc.
Tumbleweed Inc.
词曲作者

歌词

परिस्थिति, उजाडिएको सबको खुशी
नयाँ सृष्टिको लागि सोच, क्षतिग्रस्त भूमि
नयाँ दृस्टी नयाँ नेपालको हामी एक फेरि परिश्रमी
देशको लागि परिभाषा पराक्रमी
अटल रहन्छौं चम्काई राख्न चन्द्र-सूर्य
आँशु-पिडा मेट्छ मायाले नेपालीको श्रेय
दुःखमा नि आटछ अझैँ मातृत्वको शक्तिले
बन्छ देश सत्य नेपाल हाम्रो पसिनाले
एउटै काम छ सबको अहिले, हातमा हात, शब्द पहिले
परिचय नेपाली मनले हेर यो समय
सिलाउनु ढाका-टोपी, दौरा-सुरुवाल, झन्डा फेरि
विश्व ख्याती वीर नेपाली, शीर उठाउनु झन्डा हेरी
एकपल्ट जाग, समयले कोल्टे फेरि सक्यो
एकपल्ट जाग, देशले नयाँ मोड लिइ बस्यो
एकपल्ट जाग, आँशु-पिडा अब धेरै भयो
एकपल्ट जाग, आफूलाई चिनाउने समय आयो
एकपल्ट जाग, समयले कोल्टे फेरि सक्यो
एकपल्ट जाग, देशले नयाँ मोड लिइ बस्यो
एकपल्ट जाग, आँशु-पिडा अब धेरै भयो
एकपल्ट जाग, आफूलाई चिनाउने समय आयो
शितल हावा माग्दैछ
मातृभूमि, आज खुल्ला प्रकृतिमा रम्न खोजेको छ सबको माझ
बनाइदेउ, सजाइदेउ, नेपाल आमालाई हँसाइदेउ
समाई देउ, हटाई देउ, पिडा-खुशीमा भुलाई देउ
देश प्रेमी हो, सबै हामी एक महासागर
दया-मायाको भवन अगि बाड्नु छ निरन्तर
अभ्यन्तर सबको एउटै नयाँ नेपालको रुपान्तर
सुखान्त खोजिरहेछ नेपाल आमा यो देश भर
एकपल्ट जाग, समयले कोल्टे फेरि सक्यो
एकपल्ट जाग, देशले नयाँ मोड लिइ बस्यो
एकपल्ट जाग, आँशु-पिडा अब धेरै भयो
एकपल्ट जाग, आफूलाई चिनाउने समय आयो
एकपल्ट जाग, समयले कोल्टे फेरि सक्यो
एकपल्ट जाग, देशले नयाँ मोड लिइ बस्यो
एकपल्ट जाग, आँशु-पिडा अब धेरै भयो
एकपल्ट जाग, आफूलाई चिनाउने समय आयो
जति आँशु र मनमा पिडा यो
हामी उठ्ने छौं एक अर्का लागि
जति आपत र त्राश छाए पनि हामी उठ्ने छौं
एक अर्का लागि
एकपल्ट जाग, समयले कोल्टे फेरि सक्यो (जति आँशु र—)
एकपल्ट जाग, देशले नयाँ मोड लिइ बस्यो (मनमा पिडा यो)
एकपल्ट जाग, आँशु-पिडा अब धेरै भयो (हामी उठ्ने छौं)
एकपल्ट जाग, आफूलाई चिनाउने समय आयो (एक अर्का लागि)
एकपल्ट जाग, समयले कोल्टे फेरि सक्यो (जति आपत र—)
एकपल्ट जाग, देशले नयाँ मोड लिइ बस्यो (त्राश छाए पनि—)
एकपल्ट जाग, आँशु-पिडा अब धेरै भयो (हामी उठ्ने छौं)
एकपल्ट जाग, आफूलाई चिनाउने समय आयो (एक अर्का लागि)
Written by: Tumbleweed Inc.
instagramSharePathic_arrow_out

Loading...