歌词
हृदयमा टाँस्छु भनेको तस्बिर भित्तामा परेछ
हृदयमा टाँस्छु भनेको तस्बिर भित्तामा परेछ
लाउँछु भनेको माया कसैलाई चिट्ठामा परेछ
हृदयमा टाँस्छु भनेको तस्बिर भित्तामा परेछ
आँखामा आँसु छैन भनेर "खुसी छ" नभन
आँखामा आँसु छैन भनेर "खुसी छ" नभन
म हाँसे पनि दिनरात मेरो रोइरहन्छ यो मन
ईश्वर भनेर गरेको पूजा ढुङ्गामा परेछ
ईश्वर भनेर गरेको पूजा ढुङ्गामा परेछ
लाउँछु भनेको माया कसैलाई चिट्ठामा परेछ
हृदयमा टाँस्छु भनेको तस्बिर भित्तामा परेछ
एक्लै म गाउँछु, एक्लै म नाच्छु आफ्नै धुनमा
एक्लै म गाउँछु, एक्लै म नाच्छु आफ्नै धुनमा
नसोध मलाई मज्जा कति छ एक्लै हुनुमा
साँच्चै भनेर खाएको कसम ठट्टामा परेछ
साँच्चै भनेर खाएको कसम ठट्टामा परेछ
लाउँछु भनेको माया कसैलाई चिट्ठामा परेछ
हृदयमा टाँस्छु भनेको तस्बिर भित्तामा परेछ
Written by: Shiva Pariyar