歌词
सुनेजस्तै बग्ने रहेछ हावाको वेगमा यो झरी
नहुने रहेछ कहिल्यै एकनास
मायाका कुरा नसाटी कलेजीमा गाँसिदियौ
जुनीभरि तिम्रै चाहना कसो गरी साँचिदियौ?
शहरभरि गुनासो गरेछौ, सकेसम्म म तिम्रै रहेको हुँ
आखिरीमा सत्य यो पनि रहेछ, चलेसम्म सास चल्ने मुटु
हावासँग सोध्छु म
ती मायाजस्ता कुरा
समय जति अघि बढ्यो
उति लाग्छ थियो कल्पना
आफूभन्दा बेसी चिनेसरि थाहै नपाई तिम्रै भएछु म
कति दयनीय भावना पनि, भरोसाको काबिल रहेन यही
एकैछिनमा अपरिचित, बोलेका शब्द ती खै कता गए
अरू त सबै निको होला, कुनै समयमा सँगै बाँचेको
सँगै नाँचेको, सँगै हाँसेको (खै) खै कसरी निको हुने
तर पनि, तर पनि मुटु
तर पनि, तर पनि मुटु
तर पनि मुटु
तर पनि मुटु चलेकै छ
शायद जीवन मेरो भ्रम नै बेसी भयो
आँखा चिम्लेरै सास सबै हाम्रो सकिने हो
भेट भए फेरि नचिनेसरि आफ्नै बाटो लागुँला म
प्रश्न यो मनको नसुनेसरि अगाडि हिँडुँला म
हावासँग सोध्छु म
त्यो जीवनको कुरा
सास अब भन न
कति नै बाँकी होला?
Written by: Bartika Eam Rai