制作
作曲和作词
Naren Limbu
词曲作者
歌词
धेरै पो भएछ, वर्षौँ बितिसकेछ
तिमीलाई मैले भेटेको अनि माया गाँसेको
देउरालीमा बसेको, मिठो कुरा गरेको
अलिअलि तिमी लजाको, बिस्तारै नजिक भएको
क्षितिजसँगै रमाएको, तिम्रो हात समाएको
गोधूलिसँगै त्यो तिम्रो सिर मेरो काँधमा ढल्काको
हाँस्दै-रमाउँदै बसेको, लड्दै-पड्दै हिँडेको
कसमहरू खाएको, मिठो सपना बुनेको
छिनछिनमै तिमी रिसाको, तिमीलाई मैले फकाको
अनि मुस्कुराउँदै तिमी फेरि मेरो अँगालोमा बाँधिएको
देउरालीमा बसेको, मिठो कुरा गरेको
अलिअलि तिमी लजाको, बिस्तारै नजिक भएको
क्षितिजसँगै रमाएको, तिम्रो हात समाएको
गोधूलिसँगै त्यो तिम्रो सिर मेरो काँधमा ढल्काको
खुसियाली बाँडी बाँकी जीवन बिताउँला हामी
आभारी छु है तिमीप्रति म, बनिदियौ मेरो जीवनसाथी
देउरालीमा बसेको, मिठो कुरा गरेको
अलिअलि तिमी लजाको, बिस्तारै नजिक भएको
क्षितिजसँगै रमाएको, तिम्रो हात समाएको
गोधूलिसँगै त्यो तिम्रो सिर मेरो काँधमा ढल्काको
Written by: Naren Limbu