音乐视频

音乐视频

制作

出演艺人
Ram Krishna Dhakal
Ram Krishna Dhakal
领唱
作曲和作词
Raju Singh
Raju Singh
作曲
Netra Koirala
Netra Koirala
作词
制作和工程
Music Nepal
Music Nepal
制作人

歌词

वचन तोडे, कसम नि तोडे
"सत्य, सत्य, ढाँट्दिन" भन्नेले
वचन तोडे, कसम नि तोडे
"सत्य, सत्य, ढाँट्दिन" भन्नेले
अन्तै माया साटेर गए
अन्तै माया साटेर गए
"तिमीबिना बाँच्दिन" भन्नेले
"तिमीबिना बाँच्दिन" भन्नेले
"एकै चिम्टी सिन्दूरले पोतिदेऊ, माया बाहेक अरू केही माग्दिन
एकै चिम्टी सिन्दूरले पोतिदेऊ, माया बाहेक अरू केही माग्दिन
जुनी-जुनी म तिम्रै भइरहन्छु, मुटुभित्र कसैलाई राख्दिन"
यस्ता-यस्ता किरिया खाई
"अन्त कतै लाग्दिन" भन्नेले
अरूसँगै नङमासु भए
अरूसँगै नङमासु भए
"तिमीलाई छाड्दिन" भन्नेले
"तिमीलाई छाड्दिन" भन्नेले
"तिमीसँग साटेको पिरती, तिम्रो कसम, म कतै साट्दिन
तिमीसँग साटेको पिरती, तिम्रो कसम, म कतै साट्दिन
मर्नु परे मरौँला म बरु, तर यो मन म अन्त गाँस्दिन"
यस्ता-यस्ता किरिया खाई
"तिम्रो माया मार्दिन" भन्नेले
सिन्दूर-पोते अर्कैको लाए
सिन्दूर-पोते अर्कैको लाए
"तिम्रो वचन काट्दिन" भन्नेले
"तिम्रो वचन काट्दिन" भन्नेले
वचन तोडे, कसम नि तोडे
"सत्य, सत्य, ढाँट्दिन" भन्नेले
अन्तै माया साटेर गए
अन्तै माया साटेर गए
"तिमीबिना बाँच्दिन" भन्नेले
"तिमीबिना बाँच्दिन" भन्नेले
Written by: Netra Koirala, Raju Singh
instagramSharePathic_arrow_out

Loading...