歌词
तिम्रो जस्तो मुटु देऊ मलाई,
देख्ने यस्तो आँखा देऊ मलाई
अध्यारोको बीच यहाँ बाँच्नेहरूमा,
सानो ज्योति बनाऊ मलाई।
येशू तिम्रो आवाज देऊ मलाई,
स्वर्गको संगीत देऊ मलाई
निराशाको बोली यहाँ बोल्नेहरूमा,
जीवनको गीत बनाऊ मलाई।
बाटो हेरीरहेछ, जक्कै, मरियमको घर;
तिमीसगैं भेट गर्ने, गहिरो छ यो रहर;
भन्दैछ रे, 'कसले हटाई दिन्छ यो डर?'
सोद्धैछ रे, 'कस माथि पर्नु हो भर?'
सारा जगमा फैलियो मेरो जाति,
हाँस्छन् बाहिर जलाउदै यो छाती,
सारा जगमा फैलियो मेरो जाति,
हाँस्छन् बाहिर जलाउदै यो छाती,
गोठालो बिनाको भेड़ा जस्तै भई यहाँ,
भीड़हरूमा खोज्दैछ साथी।
एउटा यस्तो साईनो देऊ मलाई,
संसार ढाक्ने आगंन देऊ मलाई;
कोही पनि अब नहोस् पराई यहाँ,
क्रूसबाट आफैलाई टाड़ा बनाई ।
बाटो हेरीरहेछ, जक्कै, मरियमको घर;
तिमीसगैं भेट गर्ने, गहिरो छ यो रहर;
भन्दैछ रे, 'कसले हटाई दिन्छ यो डर?'
सोद्धैछ रे, 'कस माथि पर्नु हो भर?'
तिम्रो जस्तो मुटु देऊ मलाई,
देख्ने यस्तो आँखा देऊ मलाई
अध्यारोको बीच यहाँ बाँच्नेहरूमा,
सानो ज्योति बनाऊ मलाई।
येशू तिम्रो आवाज देऊ मलाई,
स्वर्गको संगीत देऊ मलाई
निराशाको बोली यहाँ बोल्नेहरूमा,
जीवनको गीत बनाऊ मलाई।
Written by: Rohit Thapa