制作
出演艺人
Sajjan Raj Vaidya
表演者
作曲和作词
Sajjan Raj Vaidya
作曲
制作和工程
Sajjan Raj Vaidya
制作人
歌词
के-के गरेर जहाज चढेर
अनौठो सहरमा बस्ती बसाएँ
टाक्राक र टुक्रुक गर्दागर्दै
दुईचारवटा त्यही गाना बनाएँ
सोध् न त्यसबारे, म भनिहाल्छु क्यारे
के गरी यहाँ आएँ म (अँ-हँ)
तँलाई चाहिँ मेरो अङ्ग्रेजीकै चासो छ
त्यस्तै हो भने नसुन् न त कुरो
रोएर नै होलास् तँ बुढो
नत्रभने चाहिँ किचकिच नगरी
रमाइलो तालले सुन् कथा मेरो
सोध् बरु मलाई, अनि भन्छु तलाई
के-कसो, काँ गएँ म
तँलाई चाहिँ मेरो अङ्ग्रेजीकै चासो छ
ढाका नलाए नेपाली होइन रे
र दोहोरी नगाए परदेशी
म नेपाली हुन तेरै अनुमति
चाहिने भो मलाई भने'छि?
नेपाल नबसे नेपाली होइन रे
"गाउँदाखेरि मुख नबटर्नू" अरे
"यो भन, त्यो भन," सोध्यो चाहिँ कोल्ले?
मुख बटारेरै गीत गाउनु छ रे
छ माया घरको, र अङ्ग्रेजी चर्को
टाउको दुखाउँछस् किन, ए?
तँलाई त मेरो अङ्ग्रेजीकै चासो छ
Written by: Sajjan Raj Vaidya