歌詞
अरुले हानेको ढुंगाले भन्दा
आफन्तको फूलले
जिन्दगी बढि दुख्दो रहेछ
सानो देखिने भुलले
अरुले हानेको ढुंगाले भन्दा
टेकेको दैलो मेरो भएन
आफ्ने भन्नु केहि भएन
टेकेको दैलो मेरो भएन
आफ्ने भन्नु केहि भएन
रङ बदल्ने यो हुलमा
रङ बदल्ने यो हुलमा
तिमी पनि त मेरो भएनौ
अरुले घोचेँको काँडाले भन्दा
आफन्तको फूलले
जिन्दगी बढि बिझ्दो रहेछ
सानो देखिने भुलले
अरुले हानेको ढुंगाले भन्दा
मेरै हो भन्न गाह्रो भएछ
आफ्नै उड्ने प्वाँख पनि
मेरै हो भन्न गाह्रो भएछ
आफ्नै उड्ने प्वाँख पनि
मोल माग्ने भैसकेछ
मोल माग्ने भैसकेछ
सिर बिसाउने काख पनि
अरुले छ्यापेको हिलोले भन्दा
आफन्तको फूलले
जिन्दगी बढि भिज्दो रहेछ
सानो देखिने भुलले
अरुले हानेको ढुंगाले भन्दा
Written by: Deepak Jangam, Rajendra Thapa
