音樂影片

音樂影片

積分

演出藝人
Sajjan Raj Vaidya
Sajjan Raj Vaidya
和聲
詞曲
Sajjan Raj Vaidya
Sajjan Raj Vaidya
作曲
製作與工程團隊
Sajjan Raj Vaidya
Sajjan Raj Vaidya
製作人
Suraj Adhikari
Suraj Adhikari
助理母帶工程師

歌詞

एकादेशमा तिमी र म, भोलि हेर्दा चिन्थिएँ जब
दिनहरू हुन्थे सुरु तिमीमै
साँझपख फर्किँदा म तिम्रै अँगालो नै थियो घर
मेरा पाइला सबै लैजान्थे मलाई तिमीकहीँ
तर एकदिन रिसायो मन
मैले पनि रोकिन झन्
तिमी पनि रिसाएछौ
भन्न त मन थियो, "नजाऊ"
तर भूलमा भुलेँ म
वेदनामा लत्रिँदै, त्यही बेहोरमा फर्किँदै
मेरो अँधेरी पर्खन्छ अझै तिम्रो चन्द्रमा
मैले तिमीलाई रोकिन, सायद यो जुनी सक्दिन
बनुँला म तिम्रो काबिल अब अर्को जन्ममा
तिम्लाई वचन दिए जसरी
एकादेशमा
समयले, माया, हो, mm
मेटाउँदो रैनछ है सम्झना
यो बिस्तराको कन्दरामा
अर्कै न्यानो थियो तिमी हूुँदा
तर किन-किन डरायो मन
मैले पनि बुझिन झन्
तिमी पनि डराएछौ
भन्न त भन्थेँ "नडराऊ"
तर भूलमा भुलेँ म
वेदनामा लत्रिँदै, त्यही बेहोरमा फर्किँदै
मेरो अन्तरिक्ष अड्छ अझै तिम्रो चन्द्रमा
किन तिमीलाई रोकिन, अब यो जुनी सक्दिन
बनुँला म तिम्रो काबिल अब अर्को जन्ममा
यदि अर्को जन्म छ भने फेरि मायामा तिम्रै बनेर
आउँछु, तिमी माया गर्नू है मलाई फेरि
यो जुनी मेरो सजाय भो, म त दोषी ठहरेँ मायाको
माया नसके माफ गर है सम्झँदाखेरि
बनुँला म तिम्रो काबिल अब अर्को जन्ममा
तिमीलाई वचन दिए जसरी
एकादेशमा
Written by: Sajjan Raj Vaidya
instagramSharePathic_arrow_out

Loading...