音樂影片

音樂影片

積分

演出藝人
Satish
Satish
演出者
Kiwi
Kiwi
音樂總監
詞曲
Satish Ghalan
Satish Ghalan
詞曲創作
製作與工程團隊
Kiwi
Kiwi
製作人

歌詞

छैन सरम, छैन लाज
छैन सरम, छैन लाज
मायामा डुबेछु हेर आज
आजको यो गोधूलि साँझ
फर्की आएँ तिम्रै माझ
तिम्रो नै गीत म गाउँदै छु, हेर
सुनिदेऊ तिमी एकफेर
मायाको डोरीले मलाई बाँध
छाडी आएँ सबै कामकाज
मेरो मन चरी भए तिम्रो मन पिँजडा
थुनिदेऊ, मायालु
आँखा छोपी हेर्दा पनि तिमीलाई नै देख्दछु
मनभित्र झाँकी हेर्दा तिम्रै माया पाउँदछु
थामिसकेको मन तिम्ले गर्दा धड्कियो
हिउँदो महिनामा साउने वर्षा बर्सियो
शब्दहरू कोर्दै छु, गीत एउटा लेख्दै छु
भावनामा खेल्दै छु, सपनीमा डुल्दै छु
तिम्रो सामु आउन कति गाह्रो
नजर जुधाउन झनै गाह्रो
तिमी छौ जस्तै फुलेको फूल
शब्दकै भण्डार, शब्दकै मूल
मिर्मिरे बिहानी, जूनेली रात
जिन्दगीभरि म दिनेछु साथ
मायाको इशारा देऊ एकचोटि
समाइरहन्छु तिम्रो त्यो हात
छैन सरम, छैन लाज
बरिलै, बरिलै, बरिलै, बरिलै (लैबरी लै, बरिलै, बरिलै)
बरिलै, बरिलै, बरिलै, बरिलै (कहाँ जान्छ चरा छोडेर पिँजडा?)
बरिलै, बरिलै, बरिलै, बरिलै
बरिलै, बरिलै, बरिलै, बरिलै
मेरो मन चरी भए तिम्रो मन पिँजडा
Written by: Satish Ghalan
instagramSharePathic_arrow_out

Loading...