album cover
Behos
album cover
Behos wurde am 15. Februar 2018 von NINE4 als Teil des Albums Maya Ma (2018 Compilation) - EP veröffentlicht
15. Februar 2018
LabelNINE4
SpracheEnglish
BPM72
Melodizität
Akustizität
Valence
Tanzbarkeit
Energie

Musikvideo

Musikvideo

Songtexte

बेहोश भए म, बिउँझाऊ है तिमी मलाई
मन खोज्छ बाटो तिमीसँगै हुनलाई
आँखै नहट्ने कस्तो मुहार!
नाचौँ-नाचौँ लाग्छ तिम्लाई देखेर
साँच्चै हो कि सपनाको संसारबाट
आयौ तिमी मलाई यहाँ सताउन?
मनका सब कुरा खोलिदिन्थेँ म, तर
झन् टाढा जान्छौ कि भनी लाग्छ है डर
सोच्छु म जे, तिमी पनि सोच्छौ भन न
छन् होला लाखौँ विकल्प, तिमीलाई नै देख्छु म तर
जूनतारा तिम्रो अघि के हो र, ए माया?
मन साह्रै लोभी भो तिम्रो आकृतिमा
हाँसिराख, हेरिरहन्छु म
मस्किराख, सुनाइरहन्छु म
साँच्चै हो कि सपनाको संसारबाट
आयौ तिमी मलाई यहाँ सताउन? ओ
मनका सब कुरा खोलिदिन्थेँ म, तर
झन् टाढा जान्छौ कि भनी लाग्छ है डर
सोच्छु म जे, तिमी पनि सोच्छौ भन न
छन् होला लाखौँ विकल्प, तिमीलाई नै देख्छु म तर
मुटु मेरो चोरेर
आधीबाटोमै छोडेर नजाऊ न, ओ
अदृश्य कुरा देखाऊँ म कसरी?
सक्दिन होला अब त म पनि लुकाउन
त्यसैले बेहोश भए म, बिउँझाऊ है तिमी मलाई
मन खोज्छ बाटो तिमीसँगै हुनलाई
Written by: Sushant KC
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...