Musikvideo
Musikvideo
Credits
PERFORMING ARTISTS
SD Yogi
Lead Vocals
Anju Panta
Lead Vocals
COMPOSITION & LYRICS
Sushma Sigdel
Songwriter
PRODUCTION & ENGINEERING
Sushant Gautam
Producer
Songtexte
सुन, सुन, सुन्दरी, नहेर न कर्केर
नहिँड न तर्केर
जोबन बित्ला हामीलाई पर्खेर
जोबन बित्ला हामीलाई पर्खेर
ए
सुन, सुन, सुन्दरी, फुरफुर उड्ने पुतली
बस्यो फूलको थुँगामा नदेखिने गरेर
नदेखिने गरेर
ए
सुन, सुन, बैमानी, नगर न मनमानी
फुरफुर उड्ने पुतली गयो डाली चुमेर
गयो डाली चुमेर
जे-जे छ खाउँला मिठोमसिनो, निदाउँला तिम्रो काखैमा
कुन फूल रैछौ कुन्नि तिमी, फुल्यौ नि मेरो आँखैमा
भए शिरफूल, नभए लाउँला लाछाडोरी ऊनैको
सबको माया बैगुनी छ, तिम्रो माया गुनैको
तिम्रो माया गुनैको
जूनतारा सजाई मायाको देशमा बनाउँला एउटा घर
जति छ जीवन तिमीमै अर्पण गरिदिउँला जुनीभर
गरिदिउँला जुनीभर
ए
सुन, सुन, सुन्दरी, तिम्रै छाया जूनभरि
तिम्रै माया मनभरि सधैँलाई साँचौँला
सधैँलाई साँचौँला
ए
सुन, सुन, बैमानी, तिम्रै साथ रुमानी
तिम्रै मात्र सपनी आँखाभरि राखौँला
आँखाभरि राखौँला
सुन, सुन, बैमानी, नहेर न फर्केर
जाला उमेर ढल्केर
रुनुपर्ला हामीलाई सम्झेर
रुनुपर्ला हामीलाई सम्झेर
जोबन बित्ला हामीलाई पर्खेर
रुनुपर्ला हामीलाई सम्झेर
जोबन बित्ला हामीलाई पर्खेर
Written by: Sushma Sigdel