Credits
PERFORMING ARTISTS
Ananda Karki
Lead Vocals
COMPOSITION & LYRICS
Raju Singh
Composer
Dinesh Adhikari
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Producer
Lyrics
(फेरि तिम्रो याद आयो, फेरि तिम्रो याद आयो)
बिर्सिएका सारा कुरा सम्झनाको माझ आयो
फेरि तिम्रो याद आयो, फेरि तिम्रो याद आयो
फेरि तिम्रो याद आयो, फेरि तिम्रो याद आयो
फुल्न थाले मनमा फेरि जाई, जूही, बुकीहरू
खुल्न थाले आँखाभरि मीठामीठा खुशीहरू
हो, फुल्न थाले मनमा फेरि जाई, जूही, बुकीहरू
खुल्न थाले आँखाभरि मीठामीठा खुशीहरू
सासभरि चाहनाको फेरि मीठो सुवास छायो
फेरि तिम्रो याद आयो, फेरि तिम्रो याद आयो
रङ्ग छर्दै बाटोभरि हिँडूँ जस्तो लाग्यो फेरि
तिम्रै दिलका भाकाहरू सुसाउँदै ओठभरि
रङ्ग छर्दै बाटोभरि हिँडूँ जस्तो लाग्यो फेरि
तिम्रै दिलका भाकाहरू सुसाउँदै ओठभरि
सम्झनामा सङ्लिएर फेरि त्यही साँझ आयो
फेरि तिम्रो याद आयो, फेरि तिम्रो याद आयो
फेरि तिम्रो याद आयो, फेरि तिम्रो याद आयो
Written by: Dinesh Adhikari, Raju Singh

