Testi

नजिक आउनुमा, माया लाउनुमा किन हिचकिची? किन कन्जुसी? कि त लेऊ दस्तुर, कि छ केही कसुर? खोल ओठ लौ, ए मेरी हजुर नजिक आउनुमा... माया हो, बुझ है, पालिन्न पालेर धन यो, यस्तो धन, साँचिन्न साँचेर लाजले निहुरीनु एकछिनलाई राम्रो हो नबोली नमार न मलाई, हजुर नजिक आउनुमा... माया हो, बुझ है, पालिन्न पालेर धन यो, यस्तो धन, साँचिन्न साँचेर लाजले निहुरीनु एकछिनलाई राम्रो हो नबोली नमार न मलाई, हजुर मुख बन्द छ, हो यो सही तर भन्दछन् आँखा केही अधकल्चो यो कुन भाव हो? यसरी किन, मेरी हजुर? नजिक आउनुमा... रुख देख्दै छु म, छहारिलो छाया छ तिमी छौ, पोल्छ मन, यस्तै यो माया छ पोलिने दुःख पनि एकछिनलाई सुखै छ यो सुख दिन्छौ कति मलाई, हजुर? नजिक आउनुमा...
Writer(s): Durga Lal Shrestha, Nhyoo Bajracharya Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out