Letra

शिथिल छ बोली तिम्रो माया, तिमी ठिकै त छौ नि? अधीर छन् ती आँखा तिम्रा मलाई माया गर्न त गर्छौ नि? हिजोआज तिम्रो अँगालोमा अलि अर्कै खाले नौलो लाग्छ भन न मुस्कुराएर, "पर्दैन मान्न डर ठिकै छौँ तिमी र म, ठिकै छौँ तिमी र म" केही बोल न, माया, आत्तिँदै छु म यहाँ सम्हालिएन मन करले थाहै नपाएर, माया नआएर तिमी गुमाएँ भन्ने डरले माया, केही त भन, मलाई माया गर न एकैछिन, एकैछिन, whoa शायद बिर्सिए पो छु कि मेरा यी ढुकढुकीलाई ठूला शब्दले सजाई सुनाउन अतीतसँगको सम्बन्धले मेरो हाम्रो भविष्य नै बदलियो कि आजभोलि तिम्रो मौनतामा अलि अर्कै खाले एक्लो लाग्छ भन न नरिसाएर, "पर्दैन मान्न डर ठिकै छौँ तिमी र म, ठीक हुन्छौँ तिमी र म" केही बोल न, माया, आत्तिँदै छु म यहाँ सम्हालिएन मन करले थाहै नपाएर, माया नआएर तिमी गुमाएँ भन्ने डरले माया, केही त भन, मलाई माया गर न एकैछिन, एकैछिन मलाई पहिलेजस्तै हेर, खोज, मलाई जति खेर रोज मेरै यो अँगालो दिनदिनै यदि आधा मन मात्रै छ भने सम्झेर त्यही आधी मनले सधैँभरि माया गर है मलाई राख न, एकचोटि छान न म माया दिउँला तिमीलाई पूरै मन खोलेर बोल न एकफेर तिमी गुमाउने डरले अत्तालिएँ म त धेरै अघि तिम्रो थिएँ म त्यही माया आज मेरो रहेन र? मायालु, राख न मलाई अझै एकैछिन, एकैछिन
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out