album cover
Bimbaakash
286
On Tour
Singer/Songwriter
Bimbaakash was released on March 12, 2016 by Bartika Eam Rai as a part of the album Bimbaakash - EP
album cover
Release DateMarch 12, 2016
LabelBartika Eam Rai
LanguageEnglish
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM144

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Bartika Eam Rai
Bartika Eam Rai
Performer
COMPOSITION & LYRICS
Bartika Eam Rai
Bartika Eam Rai
Songwriter
PRODUCTION & ENGINEERING
Diwas Gurung
Diwas Gurung
Producer

Lyrics

एकैछिन अभिनय गरौँ न
भनौँ न मेरो तिमी, तिमी मेरो छौ रे
हरसाँझ चिसो, रहेन बिहानी
पर्खनको निम्ति लायक भयो रे
पुराना साथीहरूबारे भन न
"कति खुशी छौ त?" मलाई सोध न
तिम्रा सपनाहरूको कुरा सुनाऊ
मेरा सपनाहरू म तिमीलाई सुनाउँछु
माग्दिन तिम्रो सारा जुनी
मात्र एकैछिन केवल दुई शब्द
सत्यता हाम्रो यति नै त हो नि
जति बढ्दो छ उमेर, त्यति घट्दो छ आँट
एक्लो चाँदनीको मुनि आकाशभरि आजको राती
अनगिन्ती हाम्रा सपनाहरूका विम्ब, प्रतिविम्ब
तिम्रो-मेरो सपनाले रङ्गिएको छ, हो, आज आकाश
विम्बाकाश, विम्बाकाश, विम्बाकाश, विम्बाकाश
विम्बाकाश, विम्बाकाश, विम्बाकाश, विम्बाकाश
एकैछिन साथ बसाैँ न
मलाई, "दिन कस्तो भयो?" मनदेखि सोध न
हामीबीचको सम्बन्ध धमिलो हुँदै छ
परिभाषा तर त्यही हो भन न
गल्ती, पछुतो सारा सुनाऊ
टिप्पणीबेगर म सुनिरहन्छु
त्यसै गरेर आफ्नो कमजोरीबारे
डरबेगर म भनिरहन्छु
माग्दिन तिम्रो सारा जुनी
मात्र एकैछिन केवल दुई शब्द
सत्यता हाम्रो यति नै त हो नि
जति बढ्दो छ उमेर, त्यति घट्दो छ आँट
एक्लो चाँदनीको मुनि आकाशभरि आजको राती
अनगिन्ती हाम्रा सपनाहरूका विम्ब, प्रतिविम्ब
तिम्रो-मेरो सपनाले रङ्गिएको छ, हो, आज आकाश
विम्बाकाश, विम्बाकाश, विम्बाकाश, विम्बाकाश
विम्बाकाश, विम्बाकाश, विम्बाकाश, विम्बाकाश
Written by: A
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...