Lyrics
आज मुटु मेरो कमजोर छ धेरै
भोलि किन नहोला याे ठीकै, बरै?
चोट गाढा, पोल्दैछ अझै
समय किन नबन्ला मलम मेरै?
मौसम जसै बदलिन्छन् सबै
स्वार्थ मरिगए कोही हुन्नन् वरै
अन्धकारमा किरण खोज्ने गर्दैछु आँट
कोही छैन, मात्र म नै मेरो साथ
रुन्छु एक्लै, भारी छ मन
भोलि किन नहोला हल्का याे? भन
भुईँमा लडेछु, हतोत्साहित तन
भोलि किन नहिँडुँला फुर्ती लिईकन?
हाँसोको माहोलमा रम्छन् सबै
दुःखमा देखे आफ्नो को? पराई?
निदरी आउँदिनन्, गर्छु आफैसँग बात
कोही छैन, मात्र म नै मेरो साथ
आजको दिन गयो हारीकन
भोलि किन नहोला जीत मेरै? भन
Written by: Samriddhi Rai