album cover
Bholi
4
Singer/Songwriter
Bholi was released on October 7, 2020 by 1465375 Records DK as a part of the album Bholi - Single
album cover
Release DateOctober 7, 2020
Label1465375 Records DK
LanguageEnglish
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM130

Credits

COMPOSITION & LYRICS
Samriddhi Rai
Samriddhi Rai
Songwriter

Lyrics

आज मुटु मेरो कमजोर छ धेरै
भोलि किन नहोला याे ठीकै, बरै?
चोट गाढा, पोल्दैछ अझै
समय किन नबन्ला मलम मेरै?
मौसम जसै बदलिन्छन् सबै
स्वार्थ मरिगए कोही हुन्नन् वरै
अन्धकारमा किरण खोज्ने गर्दैछु आँट
कोही छैन, मात्र म नै मेरो साथ
रुन्छु एक्लै, भारी छ मन
भोलि किन नहोला हल्का याे? भन
भुईँमा लडेछु, हतोत्साहित तन
भोलि किन नहिँडुँला फुर्ती लिईकन?
हाँसोको माहोलमा रम्छन् सबै
दुःखमा देखे आफ्नो को? पराई?
निदरी आउँदिनन्, गर्छु आफैसँग बात
कोही छैन, मात्र म नै मेरो साथ
आजको दिन गयो हारीकन
भोलि किन नहोला जीत मेरै? भन
Written by: Samriddhi Rai
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...