Credits

COMPOSITION & LYRICS
Diwas Gurung
Diwas Gurung
Songwriter

Lyrics

लैजाऊ, पछ्यौरीले बाँधी लैजाऊ
चुल्ठोले छोपी लैजाऊ
मायाले तानी लैजाऊ
लैजाऊ, पछ्यौरीले बाँधी लैजाऊ
चुल्ठोले छोपी लैजाऊ
मायाले तानी लैजाऊ
म त तिम्रै होइन र, ठूली
तिम्लाई मालुम केही पनि छैन र?
म त तिम्रै होइन र, ठूली
तिम्लाई मालुम केही पनि छैन र?
तिम्रो लागि मैले कति-कति बाधाहरूलाई सहेँ
तिम्रो लागि मैले कति-कति बाधाहरूलाई सहेँ
तिम्रो यादमा कल्पीकल्पी म, कति म तड्पिरहेँ
कति म तड्पिरहेँ
लैजाऊ, आँखैमा बसाई लैजाऊ
मुटुमा लुकाई लैजाऊ
मुस्कानमा सजाई लैजाऊ
उडी जाम् त म पक्षी होइन
बस्नलाई कहीँ पनि मन छैन
उडी जाम् त म पक्षी होइन
बस्नलाई कहीँ पनि मन छैन
देउरालीको पाखाभरि, घरपारिको डाँडाहरूलाई सोधेँ
देउरालीको पाखाभरि, घरपारिको डाँडाहरूलाई सोधेँ
कहीँकतै मैले भेटिन, सारा संसारै खोजेँ
सारा संसारै खोजेँ
लैजाऊ, आँखैमा बसाई लैजाऊ
मुटुमा लुकाई लैजाऊ
मुस्कानमा सजाई लैजाऊ
लैजाऊ, पछ्यौरीले बाँधी लैजाऊ
चुल्ठोले छोपी लैजाऊ
मायाले तानी लैजाऊ
मायाले तानी लैजाऊ
मायाले तानी लैजाऊ
मायाले तानी लैजाऊ
मायाले तानी लैजाऊ
Written by: Diwas Gurung, OB Soaltee
instagramSharePathic_arrow_out

Loading...