album cover
Jun Maya
447
Folk
Jun Maya was released on February 17, 2023 by Prakash Dutraj as a part of the album Jun Maya - EP
album cover
Release DateFebruary 17, 2023
LabelPrakash Dutraj
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Prakash Dutraj
Prakash Dutraj
Performer
Melina Rai
Melina Rai
Performer
COMPOSITION & LYRICS
Prakash Dutraj
Prakash Dutraj
Composer

Lyrics

हो, रीमै, हो
जुन माया, भेट्न आऊ है झम्के रातैमा (सै, सै सै)
जाले रुमाल बुनेको छु, दिम्ला तिम्रै हातैमा
जुन माया, भेट्न आऊ है झम्के रातैमा
जाले रुमाल बुनेको छु, दिम्ला तिम्रै हातैमा
जुन माया भेट्न आऊ है, झम्के रातैमा
हो, जुन माया भेट्न आऊ है, झम्के रातैमा
(सई, सै सै, सै सै)
बसनी फुलै बनैमा
सम्झनी रैछ मनैमा
बसनी फुलै बनैमा
सम्झनी रैछ मनैमा
हो, सम्झनी रैछ मनैमा
हो, रीमै, हो
जुन माया, बिर्सेको त मैले काँ छु र? (सै, सै सै)
सम्हालेर राखेको छु बैँश जोवन, हजुर
जुन माया, बिर्सेको त मैले काँ छु र?
सम्हालेर राखेको छु बैँश जोवन, हजुर
जुन माया, बिर्सेको त मैले काँ छु र?
हो, जुन माया, बिर्सेको त मैले काँ छु र?
(सई, सै सै, सै सै)
एक्लै पिर बनकी चरीलाई
देऊ जोवन जुनिभरीलाई
एक्लै पिर बनकी चरीलाई
देऊ जोवन जुनिभरीलाई
हो, देऊ जोवन जुनिभरीलाई
हो, रीमै, हो
जुन माया, तिम्रै झल्को रात दिनको (सै, सै सै)
बस्यो माया ख्यालख्यालै, चिनजान एकैछिनको
जुन माया, तिम्रै झल्को रात दिनको
बस्यो माया ख्यालख्यालै, चिनजान एकैछिनको
जुन माया, तिम्रै झल्को रात दिनको
हो, जुन माया, तिम्रै झल्को रात दिनको
(सई, सै सै, सै सै)
ज्यान माया, खोली तारेर
नजाऊ है, एक्लै पारेर
ज्यान माया, खोली तारेर
नजाऊ है, एक्लै पारेर
हो, नजाऊ है, एक्लै पारेर
हो, रीमै, हो
जुन माया, सपनीमा आउँछौ सताउन (सै, सै सै)
बिपनीमा गार्हो हुनी दिन रातै कटाउन
जुन माया, सपनीमा आउँछौ सताउन
बिपनीमा गार्हो हुनी दिन रातै कटाउन
जुन माया, सपनीमा आउँछौ सताउन
हो, जुन माया, सपनीमा आउँछौ सताउन
(सई, सै सै, सै सै)
सोध्निलाई भन्देऊ "जानी हो"
छोड्दिन, साथै लानी हो
सोध्निलाई भन्देऊ "जानी हो"
छोड्दिन, साथै लानी हो
हो, छोड्दिन, साथै लानी हो
हो, रीमै, हो
जुन माया, पानी खानी सालको पातैले (सै, सै सै)
घर बिर्सनी भएँ म त, सानु तिम्रै बातैले
जुन माया, पानी खानी सालको पातैले
घर बिर्सनी भएँ म त, सानु तिम्रै बातैले
जुन माया, पानी खानी सालको पातैले
हो, जुन माया, पानी खानी सालको पातैले
(सई, सै सै, सै सै)
दुई दिन रुँदै, दुई दिन हँसायो
नक्कलेले लौ, फँसायो
दुई दिन रुँदै, दुई दिन हँसायो
नक्कलेले लौ, फँसायो
हो, नक्कलेले लौ, फँसायो
हो, रीमै, हो
जुन माया, पिरतीले मुटु छेऊ खानी (सै, सै सै)
तिम्रै यादले सताउँछ, गाउँघर छोडी काँ जानी?
जुन माया, पिरतीले मुटु छेऊ खानी
तिम्रै यादले सताउँछ, गाउँघर छोडी काँ जानी?
जुन माया, पिरतीले मुटु छेऊ खानी
हो, जुन माया, पिरतीले मुटु छेऊ खानी
(सई, सै सै, सै सै)
बसेको तिम्रो काखैमा
झलिको सधैँ आँखैमा
बसेको तिम्रो काखैमा
झलिको सधैँ आँखैमा
हो, झलिको सधैँ आँखैमा
हो, रीमै, हो
जुन माया, देउरालीमा ध्वजै फरर (सै, सै सै)
जुनी राजै गैर सक्यो, रुन्छ मनै धरर
जुन माया, देउरालीमा ध्वजै फरर
जुनी राजै गैर सक्यो, रुन्छ मनै धरर
जुन माया, देउरालीमा ध्वजै फरर
हो, जुन माया, देउरालीमा ध्वजै फरर
(सई, सै सै, सै सै)
जाँदैन बैँश खेर
मै छु नी, अरु नहेर
जाँदैन बैँश खेर
मै छु नी, अरु नहेर
हो, मै छु नी, अरु नहेर
हो, रीमै, हो
जुन माया, बादल उड्यो आकाश छुनलाई (सै, सै सै)
बस्यो माया हाँस्न हो कि सम्झी, सम्झी रुनलाई
जुन माया, बादल उड्यो आकाश छुनलाई
बस्यो माया हाँस्न हो कि सम्झी, सम्झी रुनलाई
जुन माया, बादल उड्यो आकाश छुनलाई
हो, जुन माया, बादल उड्यो आकाश छुनलाई
(सई, सै सै, सै सै)
सागर गहिरो जती छ
सम्झना मनमा त्यति छ
सागर गहिरो जती छ
सम्झना मनमा त्यति छ
हो, सम्झना मनमा त्यति छ
हो, रीमै हो
जुन माया, झुम्के थैली छैन सुरती (सै, सै सै)
पछेउरीमा बाँधिदेऊ न चोखो माया पिरती
जुन माया, झुम्के थैली, छैन सुरती
पछेउरीमा बाँधिदेऊ न चोखो माया पिरती
जुन माया, झुम्के थैली, छैन सुरती
हो, जुन माया, झुम्के थैली, छैन सुरती
(सई, सै सै, सै सै)
लौ न, मायाले के गरायो?
भोक-निन्द्रा, सबै हरायो
लौ न, मायाले के गरायो?
भोक-निन्द्रा, सबै हरायो
हो, भोक-निन्द्रा, सबै हरायो
हो, रीमै, हो
जुन माया, गाईको चरन रानीवनैमा (सै, सै सै)
न्याउली रुँदा वनैमा, लहरे छुट्छ मनैमा
जुन माया, गाईको चरन रानीवनैमा
न्याउली रुँदा वनैमा, लहरे छुट्छ मनैमा
जुन माया, गाईको चरन रानीवनैमा
हो, जुन माया, गाईको चरन रानीवनैमा
(सई, सै सै, सै सै)
गण्डकी खोली तरौँला
सँगै बाँच्नी, सँगै मरौँला
गण्डकी खोली तरौँला
सँगै बाँच्नी, सँगै मरौँला
हो, सँगै बाँच्नी, सँगै मरौँला
हो, रीमै, हो
जुन माया, मखमली चोली सिइदिउँला (सै, सै सै)
मलेनाको पछेउरी काशी जाँदा लिईदिउँला
जुन माया, मखमली चोली सिइदिउँला
मलेनाको पछेउरी काशी जाँदा लिईदिउँला
जुन माया, मखमली चोली सिइदिउँला
हो, जुन माया, मखमली चोली सिइदिउँला
(सई, सै सै, सै सै)
नजिस्काऊ, भो भो, हाँसेर
देऊ माया, राख्छु साँचेर
नजिस्काऊ, भो भो, हाँसेर
देऊ माया, राख्छु साँचेर
हो, देऊ माया, राख्छु साँचेर
हो, रीमै, हो
जुन माया, भेट्न आएनौ वचन दिएर (सै, सै सै)
माया भए लिन आउँथ्यौ जन्ती डोली लिएर
जुन माया, भेट्न आएनौ वचन दिएर
माया भए लिन आउँथ्यौ जन्ती डोली लिएर
जुन माया, भेट्न आएनौ वचन दिएर
हो, जुन माया, भेट्न आएनौ वचन दिएर
(सई, सै सै, सै सै)
देउराली देवी भाकौँला
जुन माया, मनमै राखौँला
देउराली देवी भाकौँला
जुन माया, मनमै राखौँला
हो, जुन माया, मनमै राखौँला
हो, रीमै, हो
जुन माया, पारी पिपल, वारी छायाँ छ (सै, सै सै)
कहाँ पोखुम् मनको बह? मनैभरि माया छ
जुन माया, पारी पिपल, वारी छायाँ छ
कहाँ पोखुम् मनको बह? मनैभरि माया छ
जुन माया, पारी पिपल, वारी छायाँ छ
हो, जुन माया, पारी पिपल, वारी छायाँ छ
(सई, सै सै, सै सै)
हाँस्नी सँगै, सँगै रुनी हो
जुनीभर तिम्रै हुनी हो
हाँस्नी सँगै, सँगै रुनी हो
जुनीभर तिम्रै हुनी हो
हो, जुनीभर तिम्रै हुनी हो
हो, रीमै, हो
जुन माया, वनको फुल वनकै चरीलाई (सै, सै सै)
Photo देऊ है, चिनो राख्छु जुनी-जुनीभरीलाई
जुन माया, वनको फुल वनकै चरीलाई
Photo देऊ है, चिनो राख्छु जुनी-जुनीभरीलाई
जुन माया, वनको फुल वनकै चरीलाई
हो, जुन माया, वनको फुल वनकै चरीलाई
(सई, सै सै, सै सै)
दुःखमा दुखै साटौँला
हाँसेरै जुनी काटौँला
दुःखमा दुखै साटौँला
हाँसेरै जुनी काटौँला
हो, हाँसेरै जुनी काटौँला
Written by: Prakash Dutraj
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...