Music Video
Music Video
Credits
PERFORMING ARTISTS
Prakash Saput
Actor
COMPOSITION & LYRICS
Prakash Saput
Composer
Shyamshwet Rasaily
Arranger
PRODUCTION & ENGINEERING
Prakash Saput
Producer
Shyamshwet Rasaily
Mixing Engineer
Lyrics
यही देशको सीमाभित्र मैले जन्म लिएँ
गोर्खालीको सन्तान भनी गर्व गर्या थिएँ
जन्माएको आमाले हो घाँस काट्दाकाट्दै
बाउको जीवन यसै गयो दुःख साट्दासाट्दै
हाम्लाई के नै सुख छ र?
सक्नेले गर, नसक्ने पर, तर
मेरो पनि हैन र यो देश? मेरो पनि हैन र?
मेरो पनि हैन र यो देश? मेरो पनि हैन र?
मेरो पनि हैन र यो देश? मेरो पनि हैन र?
हो, हो, हो, हो-हो, हो, हो, हो
हा, हा, हा, हा, हा, हा, हा (स्याबास)
घरखेत लग्यो पहिरोले, छैन खानी अन्न
अन्न छैन भन्ने कुरा कता जानु भन्न?
बरु जन्म लिनपर्ने Japan, German, China
नेपालमा जन्म लिएर कहिल्यै सुख पाइन
हाम्लाई के नै सुख छ र?
सक्नेले गर, नसक्ने पर, तर
मेरो पनि हैन र यो देश? मेरो पनि हैन र?
मेरो पनि हैन र यो देश? मेरो पनि हैन र?
मेरो पनि हैन र यो देश? मेरो पनि हैन र?
भूगोल पन विकट मेरो, जाति पन तल्लो
एकैबारको यो जिन्दगी बनाइदिया खल्लो
ठूलालाई चैन, साइब, सानालाई ऐन
के-के तन्त्र आयो भन्छन्, मलाई आया छैन
हाम्लाई के नै सुख छ र?
सक्नेले गर, नसक्ने पर, तर
मेरो पनि हैन र यो देश? मेरो पनि हैन र?
मेरो पनि हैन र यो देश? मेरो पनि हैन र?
मेरो पनि हैन र यो देश? मेरो पनि हैन र?
हा, हा-हा, हा, हा (आहै, लरीबरी, आहै, लरीबरी)
हा, हा-हा, हा, हा (आहै, लरीबरी, आहै, लरीबरी)
ला, ला-ला, ला, ला (आहै, लरीबरी, आहै, लरीबरी)
ला, ला-ला, ला, ला (आहै, लरीबरी, आहै, लरीबरी)
ल्हास्सो!
ल्हास्सो!
नेपालमै बसम् भने छैन रोजगारी
सात समुन्द्र तरी गएँ मुटु गाँठो पारी
आत्मसम्मान बेचीबेची विदेशीको गुलाम
देश सम्झेर रुन्छ मन, कसो गरी भुलाम्?
हाम्लाई के नै सुख छ र?
सक्नेले गर, नसक्ने पर, तर
मेरो पनि हैन र यो देश? मेरो पनि हैन र?
मेरो पनि हैन र यो देश? मेरो पनि हैन र?
मेरो पनि हैन र यो देश? मेरो पनि हैन र?
खेतीपाती गरम् भने जग्गाजमिन छैन
जागिर गरम्, व्यापार गरम्, ठाउँमा मान्छे भइन
अर्ब-खर्ब बजेट आउँछ, केले खान्छ केले
मेरो जीवन साइकलसँगै थोत्रो, सिसी ले, ले
हाम्लाई के नै सुख छ र?
सक्नेले गर, नसक्ने पर, तर
मेरो पनि हैन र यो देश? मेरो पनि हैन र?
मेरो पनि हैन र यो देश? मेरो पनि हैन र?
मेरो पनि हैन र यो देश? मेरो पनि हैन र?
टाठोबाठो मान्छेलाई त यो देश फेरि सही हो
हामी जस्तो नागरिक त अनागरिक भइयो
कहिले होला भनेजस्तो नयाँ नेपाल आउनी?
जे-जे भा नि, जस्तो भा नि देशकै मया लाउनी
हाम्लाई के नै सुख छ र?
सक्नेले गर, नसक्ने पर, तर
मेरो पनि हैन र यो देश? मेरो पनि हैन र?
मेरो पनि हैन र यो देश? मेरो पनि हैन र?
मेरो पनि हैन र यो देश? मेरो पनि हैन र?
Written by: Prakash Saput


