Lyrics

हे, झ्याउँ, झ्याउँ, झ्याउँ हे, झ्याउँ, झ्याउँ, झ्याउँ झ्याउँझ्याउँ झ्याउँकिरी, झ्याउँ, झ्याउँ, झ्याउँ झ्याउँझ्याउँ झ्याउँकिरी, झ्याउँ, झ्याउँ, झ्याउँ रातिमा करायो झ्याउँकिरी, दिनैमा भरी चुप बस्यो देखेको एकै नजरमा आँखैमा कान्छीको रूप बस्यो रातिमा करायो झ्याउँकिरी, दिनैमा भरी चुप बस्यो देखेको एकै नजरमा आँखैमा कान्छीको रूप बस्यो पत्तै भएन (आहा) पत्तै भएन, हो राम, थाहै भएन पत्तै भएन, हो राम, थाहै भएन फुटेका चुराले हातै काटेको, मायाका कुराले रातै काटेको फुटेका चुराले हातै काटेको, मायाका कुराले रातै काटेको हाय, मायाका कुराले रातै काटेको बोलीमा रहेछ मोहनी, सुनेको सुनै बनायौ दिलभित्र पस्न भनेर थुनेको थुनै बनायौ बोलीमा रैछ मोहनी, सुनेको सुनै बनायौ दिलभित्र पस्न भनेर थुनेको थुनै बनायौ पत्तै भएन (आहा) पत्तै भएन, हो राम, थाहै भएन पत्तै भएन, हो राम, थाहै भएन फुटेका चुराले हातै काटेको, मायाका कुराले रातै काटेको फुटेका चुराले हातै काटेको, मायाका कुराले रातै काटेको हाय, मायाका कुराले रातै काटेको कथामा पनि पढेको, film मा पनि देखेको पढेको-देखेको पिरती तिमीसँ हुन लेखेको कथामा पनि पढेको, film मा पनि देखेको पढेको-देखेको पिरती तिमीसँ हुन लेखेको पत्तै भएन (आहा) पत्तै भएन, हो राम, थाहै भएन पत्तै भएन, हो राम, थाहै भएन फुटेका चुराले हातै काटेको, मायाका कुराले रातै काटेको फुटेका चुराले हातै काटेको, मायाका कुराले रातै काटेको हाय, मायाका कुराले रातै काटेको फूलैमा भमरा बसेको, सुगाले मैना खोजेको यसैको अर्थ बुझेर तिमीलाई मैले रोजेको फूलैमा भमरा बसेको, सुगाले मैना खोजेको यसैको अर्थ बुझेर तिमीलाई मैले रोजेको पत्तै भएन (आहा) पत्तै भएन, हो राम, थाहै भएन पत्तै भएन, हो राम, थाहै भएन फुटेका चुराले हातै काटेको, मायाका कुराले रातै काटेको फुटेका चुराले हातै काटेको, मायाका कुराले रातै काटेको हाय, मायाका कुराले रातै काटेको आहा! क्या मिठो तिम्रो स्पर्श, हावाले छोएर गएझैँ पग्लिएँ तिम्रो मोहमा - मैनबत्ती पग्लिरहेझैँ क्या मिठो तिम्रो स्पर्श, हावाले छोएर गएझैँ पग्लिएँ तिम्रो मोहमा - मैनबत्ती पग्लिरहेझैँ पत्तै भएन (आहा) पत्तै भएन, हो राम, थाहै भएन पत्तै भएन, हो राम, थाहै भएन फुटेका चुराले हातै काटेको, मायाका कुराले रातै काटेको फुटेका चुराले हातै काटेको, मायाका कुराले रातै काटेको हाय, मायाका कुराले रातै काटेको बगेको बगै छ बैँश यो, राखेथेँ आफैले छेकेर अहँ, सकिनँ थुनेर-छेकेर, उर्लियो तिमीलाई देखेर बगेको बगै छ बैँश यो, राखेथेँ आफैले छेकेर सकिनँ थुनेर-छेकेर, उर्लियो तिमीलाई देखेर पत्तै भएन (आहा) पत्तै भएन, हो राम, थाहै भएन पत्तै भएन, हो राम, थाहै भएन फुटेका चुराले हातै काटेको, मायाका कुराले रातै काटेको फुटेका चुराले हातै काटेको, मायाका कुराले रातै काटेको हाय, मायाका कुराले रातै काटेको पाउजुको तिम्रो छमछमछम - जस्तो कि खोलाको कलकलकल सुनिरहुँ लाइरह्यो हरेक पल - जस्तो कि अम्मलको तलतलतल पाउजुको तिम्रो छमछमछम - जस्तो कि खोलाको कलकलकल सुनिरहुँ लाइरह्यो हरेक पल - जस्तो कि अम्मलको तलतलतल पत्तै भएन (आहा) पत्तै भएन, हो राम, थाहै भएन पत्तै भएन, हो राम, थाहै भएन फुटेका चुराले हातै काटेको, मायाका कुराले रातै काटेको फुटेका चुराले हातै काटेको, मायाका कुराले रातै काटेको हाय, मायाका कुराले रातै काटेको यो कस्तो रङ्ग हो मायाको? रङ्गियो मेरो तन-मनै टेके नि पावैले धर्तीमा, उडिछु आकाशमा मनमनै यो कस्तो रङ्ग हो मायाको? रङ्गियो मेरो तन-मनै टेके नि पावैले धर्तीमा, उडिछु आकाशमा मनमनै पत्तै भएन (आहा) पत्तै भएन, हो राम, थाहै भएन पत्तै भएन, हो राम, थाहै भएन फुटेका चुराले हातै काटेको, मायाका कुराले रातै काटेको फुटेका चुराले हातै काटेको, मायाका कुराले रातै काटेको हाय, मायाका कुराले रातै काटेको लाजको पर्दा हटाइदेऊ, मुहारको चकचक छेकियो स्वर्गमा हुन्छन् रे अप्सरा, धर्तीमा कसरी देखियो? हँ? लाजको पर्दा हटाइदेऊ, मुहारको चकचक छेकियो स्वर्गमा हुन्छन् रे अप्सरा, धर्तीमा कसरी देखियो? पत्तै भएन (आहा) पत्तै भएन, हो राम, थाहै भएन पत्तै भएन, हो राम, थाहै भएन फुटेका चुराले हातै काटेको, मायाका कुराले रातै काटेको फुटेका चुराले हातै काटेको, मायाका कुराले रातै काटेको हाय, मायाका कुराले रातै काटेको डुबेर शब्दको सागरमा, मायाको मोती झिकेको बोलीमा यस्तो माधुर्य, भन न कसरी सिकेको, हँ? डुबेर शब्दको सागरमा, मायाको मोती झिकेको बोलीमा यस्तो माधुर्य, भन न कसरी सिकेको पत्तै भएन (आहा) पत्तै भएन, हो राम, थाहै भएन पत्तै भएन, हो राम, थाहै भएन फुटेका चुराले हातै काटेको, मायाका कुराले रातै काटेको फुटेका चुराले हातै काटेको, मायाका कुराले रातै काटेको हाय, मायाका कुराले रातै काटेको
Writer(s): Prakash Saput Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out