album cover
Timilai
album cover
Timilai was released on March 21, 2026 by Purna Rai as a part of the album Timilai - Single
March 21, 2026
LabelPurna Rai
BPM119
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

हावा चलेछ सिरिरिरी बतासै बनेर
लैजाऊ न उडाई तिम्रो त्यो सहर
म त उडेछु, गुडेछु, डुबेछु तिम्रै कल्पनामा
बेरिदेऊ न्यानो अँगालोमा मलाई
थाकिसकेछु जिन्दगी जिउन
कटाउनलाई एक्लै गाह्रो (गाह्रो)
सजिलो होला सोचेथेँ यो जीवन
तर जिन्दगी रैछ लामो
बहकिने यो मनमस्तिष्कलाई स्थिर राखिदेऊ न
खाली रहने अँगालोलाई कसेरै बाँधिदेऊ न
खोजी हिँड्ने यी आँखाहरू तिमीलाई नै रोज्नेछन् (रोज्नेछन्)
दु:ख त नआउलान् भन्दिन म, सुख चाहिँ अलि बढी ल्याउँला
म त मात्तिन्छु, आत्तिन्छु, सासिन्छु तिम्रै त्यो मायामा
नदेऊ न ज्यादै पोखिने गरी
म त उडेछु, गुडेछु, डुबेछु तिम्रै कल्पनामा
बेरिदेऊ मलाई तिम्रो अँगालोमै
थाकिसकेछु जिन्दगी जिउन
कटाउनलाई एक्लै गाह्रो
सजिलो होला सोचेथेँ यो जीवन
तर जिन्दगी रैछ लामो
माया नमार्नू, धैर्यसँग पर्खिबस्नू है (पर्खिबस्नू है)
केही समय लाग्ला, आउँछु म, कसम, तिमीलाई लिनलाई (हो, तिमीलाई लिनलाई)
जम्मै समय बोकी आउनू त्यो जीवन बिताउनलाई (जीवन बिताउनलाई)
यो जुनी कम्ती परे अर्को जुनीसम्मलाई (लै-लै, लै-लै)
माया नमार्नू, धैर्यसँग तिमी पर्खिबस्नू है
केही समय लाग्ला, आउँछु म, कसम, तिमीलाई लिनलाई
जम्मै समय बोकी आउनू त्यो जीवन बिताउनलाई
यो जुनी कम्ती परे अर्को जुनीसम्मलाई
हावा चलेछ सिरिरिरी बतासै बनेर
लैजाऊ न उडाई तिम्रो त्यो सहर
म त उडेछु, गुडेछु, डुबेछु तिम्रै कल्पनामा
बेरिदेऊ न्यानो अँगालोमा मलाई
म त मात्तिन्छु, आत्तिन्छु, सासिन्छु तिम्रै त्यो मायामा
नदेऊ न ज्यादै पोखिने गरी
म त उडेछु, गुडेछु, डुबेछु तिम्रै कल्पनामा
बेरिदेऊ मलाई तिम्रो अँगालोमै
ला-ला-ला-ला, ला-ला (हावा चलेछ सिरिरिरी बतासै बनेर)
ला-ला-ला-ला, ला-ला-ला-ला-ला (लैजाऊ न उडाई तिम्रो त्यो सहर)
हे-हे-हे-हे, आ-हा (म त उडेछु, गुडेछु, डुबेछु तिम्रै कल्पनामा)
हा-हा-हा-हा, हा-हा-हा-हा-हा (बेरिदेऊ न्यानो अँगालोमा मलाई)
हो-हो-हो-हो, हो-हो (म त मात्तिन्छु, आत्तिन्छु, सासिन्छु तिम्रै त्यो मायामा)
हो-हो-हो-हो, हो-हो-हो-हो-हो-हो (नदेऊ न ज्यादै पोखिने गरी)
Hm-hm-hm-hm, hm-hm (म त उडेछु, गुडेछु, डुबेछु तिम्रै कल्पनामा)
ला-ला-ला-ला, ला-ला-ला-ला-ला (बेरिदेऊ मलाई तिम्रो अँगालोमै)
Written by: Purna Rai
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...