音乐视频

音乐视频

制作

出演艺人
Bartika Eam Rai
Bartika Eam Rai
表演者
作曲和作词
Bartika Eam Rai
Bartika Eam Rai
作曲
制作和工程
Diwas Gurung
Diwas Gurung
制作人

歌词

नडराई सपना देख्दै छौ होला
तिम्रै सामु आएर यति सोध्न भने सकिन
तिम्रो संसार शीतल छ होला
झरीमा कहिले म सम्झन्छु तिम्रै समुद्रबारे हाम्रो आकाशमुनि
रमाउन सिक्यौ होला तिमीले गहिराइमा
तिमीले भनेजस्तै, गहिरो ठाउँमा, हो, डुब्न सजिलो हुन्छ
गहिराइसँग तिमीलाई डर लाग्छ भन्दैनौ
"यहीँ त भेटिन्छन् सबैभन्दा अमूल्य अनुभूतिहरू" भन्दै म बोलाउँछु
तिमी पछ्याउँदै पौडन नआई पुग्यौ यही गहिराइमा
तिमीले भनेजस्तै, नजाने गाउँको किन ठेगाना सोध्नु?
तिमीले भनेजस्तै, नहुने कुराको किन सपना देखी बस्नु?
"सपनामै त भेटिन्छन् आफ्नै कति सम्भावनाहरू" भन्दै म देखाउँछु
तिमीलाई के-के जाति अनगिन्ती सपनाहरू
मेरो बाटो अन्तै रहेछ
तिमीसँग यो गहिराइमा म धेरै बस्न पनि सकिन
अन्त्य खै कहाँ छ
थाहै नपाई म पौडन्छु अर्कै समुद्रतर्फ मेरो समुद्र छाडी
तिमीलाई छोड्छु म यही गहिराइमा
अलिकति तिमी मसँगै रहनेछौ एकदम अन्त्यसम्म पनि
अलिकति तिमी मसँगै बहनेछौ एकदम अन्त्यसम्म पनि
नबोलेका सबै शब्द पुरिनेछन् तिमीले-मैले केही नबोली
अलिकति तिमी मसँगै रहनेछौ एकदम अन्त्यसम्म पनि
हामीलाई थाहा भएजस्तो संसार सकिनेछ
तर पनि म भेट्नेछु तिमीलाई त्यही झरीमा
छाता भुलेका हामी, तिमी दौडन्छौ, म हिँडिरहन्छु
अलिकति तिमी मसँगै बहनेछौ एकदम अन्त्यसम्म पनि
नबोलेका सबै शब्द पुरिनेछन् तिमीले-मैले केही नबोली
अलिकति तिमी मसँगै रहनेछौ एकदम अन्त्यसम्म पनि
Written by: Bartika Eam Rai
instagramSharePathic_arrow_out

Loading...