積分
演出藝人
Sajjan Raj Vaidya
演出者
詞曲
Sajjan Raj Vaidya
編曲
製作與工程團隊
Sajjan Raj Vaidya
製作人
歌詞
भन, कसरी नसमाउनु म तिम्रा हात यी यहीँ नै छन् जब?
मेरा हात तिम्रैतिर तैरिन्छन्
धैर्य राखेर बस्दै छु, हेर, तिम्रै सामुन्ने दुवै रोकेर
मेरा ओठ तिम्रै लागि तड्पिन्छन्
कसरी लुकाऊँ यी भावना?
आँखा सजाउँछन् सपना तिम्रा
भनौँ कसरी तिमीलाई अब मनका कुरा आत्तिन्छौ जब?
यी अँगालो तिम्रो लागि लम्बिन्छन्
मुटु थामेर बस्दै छु, हेर, तिम्रो बोलावटलाई म पर्खेर
मेरा धड्कन तिम्रै लागि धड्किन्छन्
कहाँ पन्छाऊँ यी भावना?
आई बल्झिन्छन् तिम्रै केशमा, माया
तिमी नडराऊ है, मायालु, जति-जे छु म तिम्रै नै हुँ
घुमीफिरी आउँछु फर्की तिमीकहीँ
भोलिबारे भोलि सोचौँला, जे परे नि सँगै भोगौँला
मन खोली गर माया अहिलेचाहिँ
तिमी नडराऊ है, मायालु, जति-जे छु म तिम्रै नै हुँ
घुमीफिरी आउँछु फर्की तिमीकहीँ
भोलिबारे भोलि सोचौँला, जे परे नि सँगै भोगौँला
मन खोली गर माया अहिलेचाहिँ
मन खोल न, मायालु, किन यसरी डराउँछौ?
तिमी र म अब संसार हेरौँला सँगै
भन, कसरी नगाउनु र म तिम्रो लागि यहीँ नै छौ जब?
मेरा बोली तिम्रै लागि गुञ्जिन्छन्, माया
माया
Written by: Sajjan Raj Vaidya