Lyrics

यो मन अटेरी, तिमी हेरी नजाने भन्छ अन्तैतिर मलाई फेरि नसोधे नि नसोधे नि हुन्छ, तिमी नै निर बसी हरपल तिमीसँग याद बुनेर तिमी लिए सियो है, धागो म लेर उनीउनी जाऔँ न समय मेरा फाल न खेर अबेर, हुन-हुन लाग्यो, कहाँ जान्छे? कति लोभ्याको, बाफरे! कति तड्पाउने होला? ओ, लौ न कराएँ पागलझैँ आऊ न, आऊ न आऊ, आऊ न फेरि-फेरि म समुन्द्रको छालझैँ तिमी मेरी यो किनारा, म चुम्न आऊँ कि म बसम् यहीँ तालझैँ? लेर आऊ तिमी ख्याएर डुङ्गा केही पङ्ती म गुनगुनाउँछु केही तिमी गाउँदा हुन्न र? तिमीबारे कति गीत बनाउँछु यहीँ बस है, ध्यानले सुन पलपल तिमीसँग याद बुनेर धड्कन-धड्कन साथ कुदेर भुलीभुली जाऔँ न समय मेरा फाल न खेर अबेर, हुन-हुन लाग्यो, कहाँ जान्छे? कति लोभ्याको, बाफरे! गाजलु आँखाले घायल, हेर घायल, हेर न हेर न, तिम्लाई कति धेरै माया म देर राख्नेछु, तर तिमी पहिला आऊ न, आऊ न आऊ, आऊ न बदलियो कि मेरोप्रति मनस्थिति तिम्रो? जति भागे पनि म बेवशी तिम्रो लागि तड्पिरहेँ यो मन अटेरी, तिमी हेरी नजाने भन्छ अन्तैतिर मलाई फेरि नसोधे नि नसोधे नि हुन्छ, तिमी नै निर बस्छु म
Writer(s): Sushant Kc Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out