album cover
Samjheyra
album cover
Samjheyra was released on August 22, 2019 by The Edge Band Nepal as a part of the album Gantabya
August 22, 2019
LabelThe Edge Band Nepal
LanguageEnglish
BPM61
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

सम्झेर ति दिनहरू फेरि
मुटुको आलो घाउ बल्झिन्छ
कल्पेर हर रातहरू फेरि
आँशुले सिरानी भिजाउछ
भन तिमी आफै नै मलाई
माया गर्नु तिमीलाई भुल भो कि
तिम्रो मायामा विश्वास गर्नु
कतै मेरो आफ्नो नै दोष हो कि
केही गरी अब त्यो झुठो माया बिर्सुला
भोली कुनै दिन यो माया सम्झि
तिमी पनि एकलै तद्पिने छौ
सम्झना बोकी तिमी त्यही गोरेटोहरूमा
मलाई खोज्ने छौ
संगैसंगै हाँसेको, सुख-दुःख साँटेको सम्झिने छौ
निर्दोषी यो मायालाई सम्झी रुनेछौ
सम्बन्ध के जोद्छौ तिमी
साथ के पो दिन्छौ तिमी
बगी जाने आँशुको व्यथा बुझ्न
वाचा के पो गर्छौ तिमी
आश के पो दिन्छौ तिमी
दुखेको मुटुको धड्कन सुनन
झुटो त्यो तिम्रो माया
त्यति नै झुठो रहेछौ तिमी पनि
भुल भयो मैले बुझ्न तिमीलाई
तिम्रो त्यो मायालाई
संगैसंगै हाँसेको, सुख-दुःख साँटेको सम्झिने छौ
निर्दोषी यो मायालाई सम्झी रुनेछौ
भोली कुनै दिन यो माया सम्झि
तिमी पनि एकलै तद्पिने छौ
सम्झना बोकी तिमी त्यही गोरेटोहरूमा
मलाई खोज्ने छौ
Written by: Jeewan Gurung
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...