album cover
Firfirey
album cover
Firfirey was released on January 30, 2026 by ClassX Presentation as a part of the album GhaamChhaya
January 30, 2026
LabelClassX Presentation
LanguageEnglish
BPM89
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

यो हावालाई सोधी हेर न
यो आकाशलाई पनि
थाहा छ दिन वितिगो माया
तर रात छदै छ नि
सपनीमा आईरहनु है माया
सताई रहनु मलाई
चन्द्रमा झैँ चकीलो मुहारमा
त्यो सानो कालो टीका लगाई
तिम्रो अंगालोको न्यानो स्पर्श कसरी बयान गरुँ
मनमा उथुल पुथुल भएका भावना कहाँ छरुँ
मन चाहन्छ तिम्रै आकृति सधैं हेरी रहन पाउँ
छोडी संसारका रिती तिम्रै अंगालोमा आउँ
फिरफिरे घुमाउँला सान्नानी तिम्रै यादमा
जूनतारा पनि खसाईदिउँला तिम्रै नाममा
थाहा छ तिम्रा आँखाहरू मा
जुन-तारा सबै छ नि
याद गरिरहनु है माया मलाई
म भए या नभएनी
चाहे आकाशलाई सोध, चाहे बादललाई पनि
यो चम्की रहने तारा, चन्द्रमा नि साक्षी छ नि
तिम्रो प्रेमको संगीतमा यो गीत गाईरछु
मन भरी तिम्रै यादले फिरफिरे घुमाइराछु
फिरफिरे घुमाउँला सान्नानी तिम्रै यादमा
जूनतारा पनि खसाईदिउँला तिम्रै नाममा
मायाको दियो झैँ ननिभाउनु
मलाई बली रहन देऊ
धेरै नि माग्दिन माया
बस्न देऊ तिम्रै छेउ
फिरफिरे घुमाउँला सान्नानी तिम्रै यादमा
जूनतारा पनि खसाईदिउँला तिम्रै नाममा
फिरफिरे घुमाउँला सान्नानी तिम्रै यादमा
मन भित्र खोजी हेर, सधैं छु तिम्रै साथमा
Written by: Yabesh Thapa
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...