album cover
Alapatra
album cover
Alapatra was released on December 17, 2022 by ClassX Presentation as a part of the album Alapatra - Single
December 17, 2022
LabelClassX Presentation
LanguageEnglish
BPM123
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

परदेशको हावाले छोइसकेछ
भुल्न पनि उस्तै आउन्न, गाँठे
पिरतीको सम्झनामा पागल भइसकेँ
ओठ खोली उनकै नाम पुकारेँ
यो तारालाई हेर्छु, तीता गीतहरू सुन्छु
फेरि एकैछिनमा तिमी सम्झी आफै मुस्कुराउँछु
खै किन, खै किन, खै किन
सकिएन, सक्दिन तिमीबिना
तर यो चिसो बतासले मेरो मुटु झकझक्याउँदा
तिम्रै न्यानो अँगालोलाई सम्झिएँ
"तिमी ठिकै त छौ नि?" भनी सोद्धा तिम्ले
आँखाभरि आँसु लिई "ठिकै छु" भन्दिएँ
तर माया, तिमीबिनाको जिन्दगी त सात जुनी नि बिताउन नपरोस्
फर्किएर आउँछु भन्ने आस तिम्रो आजभोलि नै मरोस्
आजभोलि नै मरोस्
चुम्दा त्यो ओठ तिम्रो मुटु पग्लिने
अँगालोले झनै ज्यानै लगिदिने
शिथिल चाल तिम्रो याद आयो, प्रिय
तर यो साल नि यतै अल्झिएँ
यो सूर्यास्त हेर्छु, टोलाउँछु, मुस्कुराउँछु
फेरि एकैछिनमा हामी सम्झी डाँको छोडी रुन्छु
खै किन, खै किन, खै किन
सकिएन, सक्दिन तिमीबिना
तर यो भयानक झरी ओर्ली गड्याङगुडुङ गर्दा
तिमी डराएर अँगालोमा आउँथ्यौ, सम्झिएँ
तिम्रो केशलाई सुमसुम्याई शिर मुटु छेउ राखी
"नडराऊ, केही हुन्न" भन्थिएँ
तर माया, तिमीबिनाको जिन्दगी त सात जुनी नि बिताउन नपरोस्
फर्किएर आउँछु भन्ने आस तिम्रो आजभोलि नै मरोस्
आजभोलि नै मरोस्
Written by: Jabesh Thapa
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...