album cover
Shital
album cover
Shital was released on January 30, 2026 by ClassX Presentation as a part of the album GhaamChhaya
January 30, 2026
LabelClassX Presentation
LanguageEnglish
BPM141
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

(माया मेरो चोखो भए
शीतल नजरले
हेरिदेउ न माया, हेरिदेउ न
माया मेरो चोखो भए
शीतल नजरले
हेरिदेउ न माया, हेरिदेउ न)
हेरन एकैछिन, सान्नानी
गरन मनपरी मनमानी
डर केही छैन
छाडी जानु नै त छ, तिमी र म
देऊ न ए माया, मनभरी
देवी देवताले, केही गरी
संसारै रोक्दिए
माया मेरो दिन्थिए सबै, सधैँ भरी
मैले खोजिराको, मागिराको तिमी नै त हौ
कोही पनि छैन मेरो, तिमी मात्र छौ
संसारको बिति जाने रीतको पनि
कति हो पिर?, एकैछिन
माया मेरो चोखो भए
शीतल नजरले
हेरिदेउ न माया, हेरिदेउ न
माया मेरो चोखो भए
शीतल नजरले
हेरिदेउ न माया, हेरिदेउ न
ए बगैँचाको फूल सारा, चुँडाएर लग
तिम्रै मायाले त हुन्छ ढकमक्क
मेरो गुराँस नि तिमीलाई, सयपत्री पनि
हेरिरहनु मै तिर सूर्यमुखी बनी
मेरो प्राण तिम्रै, ज्यान तिम्रै, सासै तिम्रै हो
तिमी नै हौ उत्तर मेरो हरेक प्रश्नको
संसार नि बिति जाला सँगै जाने हो
तिमी र म, हैन र?
माया मेरो चोखो भए
शीतल नजरले
हेरिदेउ न माया, हेरिदेउ न
माया मेरो चोखो भए
शीतल नजरले
हेरिदेउ न माया, हेरिदेउ न
Written by: Yabesh Thapa
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...